नेदरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोमा एक जना पक्राउ

नेदरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोमा एक जना पक्राउ
नेपालआईज
१५ साउन २०८० १७:२९

नेपाल । नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनासँग ४४ लाख ५० हजार रुपैयाँ ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका–१३ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने कपिल बर्मालाई पक्राउ गरेको हो ।

उनले विक्रम कार्कीसमेत ६ जनालाई वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड पठाइदिने भन्दै जनही १२ लाख रुपैयाँ लाग्ने बताएका थिए । त्यस्तै नेदरल्याण्ड पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाएका थिए ।

सोही अनुसार उनले पीडितहरूबाट पटकपटक गरी ४४ लाख पचास हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले ठगीको उजुरी दिएका थिए । जसअनुसार वैदेशिक रोजगार विभागले गरेको पत्राचारका आधारमा बर्मालाई मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर