राष्ट्रपति पौडेल र युरोपेली संघकी राजदूत डेप्रेजबीच भेट

राष्ट्रपति पौडेल र युरोपेली संघकी राजदूत डेप्रेजबीच भेट
नेपालआईज
२३ साउन २०८० १६:५९

नेपाल । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

भेटका क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल–ईयूबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

त्यस्तै, राष्ट्रपति पौडेलले युरोपियन युनियनले नेपालमा वातावरणमैत्री, समावेशी र समातामूलक विकासका लागि गरेको सहयोगका लागि राजदूत डेप्रेजलाई धन्यवाद दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर