पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरको नयाँ कार्यसमिति चयन

पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरको नयाँ कार्यसमिति चयन
नेपालआईज
१ भदौ २०८० ३:०१

पर्थ । पश्चिम अस्ट्रेलियास्थित पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरको नयाँ कार्यसमिति चयन भएको छ । जुलाई १६ तारिखमा भएको यो संस्थाको नवाैँ वार्षिक साधारणसभाले पाँचाैँ कार्यसमिति चयन गरेको हो । विनोद दाहालको नेतृत्वमा सर्वसम्मत चयन भएको कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

सेन्टरका उपाध्यक्षमा विष्णुकुमार श्रेष्ठ, सचिवमा भरत निउरे, सहसचिवमा सुरेश मल्ल, कोषाध्यक्षमा देव अर्याल र सहकोषाध्यक्षमा जनमत शर्मा चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा अम्बिका भुषाल शर्मा, दिपेन्द्रप्रसाद चौधरी, केदार रिजाल, मेनका ढुङ्गाना, नवीन पौडेल, नवीन दङ्गाल, नारायण रिसाल, निराजन पोख्रेल, राजिव श्रेष्ठ, राजेश बुढाथोकी र विद्या शर्मा चुनिएको सेन्टरका सार्वजनिक सम्बन्ध अधिकारी प्रकाश गौतमले जानकारी दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष दाहालले पर्थमा रहेका नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । विगतमा कुनै कमजाेरी भएको भए क्षमायाचना गर्दै उनले भविष्यमा सुधार गर्दै जाने पनि बाचा गरेका छन् । अध्यक्ष दाहालले यस कार्यमा सबैको साथ, सहयोग, खबरदारी र रचनात्मक सुझाव प्राप्त भइरहने विश्वाससमेत व्यक्त गरेका छन् ।

साधारणसभाको आयोजनास्थल संयोजन तथा सहयोगका लागि सेन्टरले Nepali Association of Western Australia NAWA Inc प्रति आभार व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर