पर्थ । पश्चिम अस्ट्रेलियाको पर्थ शहरमा हरितालिका तिज रमाइलो साँझ- २०२३ हुने भएको छ । NRNA नारी निकुञ्ज WA र Nepalese Association of Australia (Nawa) को आयोजना र B & E Foods को प्रस्तुतिमा यही सेप्टेम्बर १५ तारिख बेलुका ५:३० बजेबाट तिज विशेष कार्यक्रम हुन लागेको हो ।
Indian Community center, willetton (WA) मा हुन लागेको कार्यक्रममा नेपालका ख्याति प्राप्त गायक पशुपति शर्मा, कला लम्साल, शिव आले कार्की र नृत्याङ्ना रुविना अधिकारी आउने पक्का भएको छ ।
कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क प्रति व्यक्ति १५ डलर अनलाइन र डोर सेल्स २० डलर तोकिएको छ । १२ वर्षभन्दा मुनिका बालबालिकालाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कार्यक्रम पश्चात हुने बचत रकमको ५० प्रतिशत पशुपतिनाथ बाैद्धनाथ मन्दिर र पर्थ नेपलीज कम्युनिटी सेन्टर निर्माण अभियानलाई सहयोग गरिनेछ । बाँकी ५० प्रतिशत नेपालको दुर्गम स्थानका विपन्न महिलाको उत्थानमा खर्च गरिने NRNA नारी निकुञ्जका WA संयोजक मिमसुवा गुरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रमको E-planet International ले platinum Sponsor गरेको छ भने Gold Sponsor हकमा Ausstudies, Himali Gorkha Restaurant, chulo Nepales Restaurant, Himalayan Nepalese Restaurant and Noble Education & Visa Services रहेका छन् ।
यस कार्यक्रममा खानाको व्यवस्था Funky Momo गर्ने भएको छ । त्यस्तै तस्बिर खिच्ने जिम्मा Beam creation ले लिएको छ । Perth driving institute, Global touch र The eticket.com.au ले पनि कार्यक्रममा सहयोग गरेका छन् ।