नेपाल । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ ।
बुधबार दिउँसो नुवाकोटाका श्याम सापकोटाले खुकुरी प्रहार गरेको जनाइएको छ । उनले धारितो हतियारले आक्रमण गरेका हुन् । यादव खतरामुक्त अवस्थामा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलका अनुसार यादवलाई ट्रमा सेन्टरमा लगिएको छ। यादवको टाउकोमा चोट लागेको छ। रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्केका यादवमाथि खुकुर प्रहार भएको हो। घटनाको कारण खुल्न बाँकी छ ।