स्वर्गीय नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

स्वर्गीय नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि
नेपालआईज
२८ भदौ २०८० ७:५५

नेपाल। नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेम्वाङको पार्थिव शरीरलाई बिहीबार मध्याह्न अन्त्येष्टि गरिएको हो । नेम्वाङलाई छोराहरू मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए। नेम्वाङलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि आर्यघाट पुगेका थिए।

यसअघि नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल र बालुवाटारस्थित घरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर