प्रधानमन्त्री दाहाल चीनमा, एसियन खेल उद्घाटन समारोहमा सहभागी हुने

प्रधानमन्त्री दाहाल चीनमा, एसियन खेल उद्घाटन समारोहमा सहभागी हुने
नेपालआईज
६ असोज २०८० ९:५१

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाबाट आज बिहान औपचारिक भ्रमणका लागि चीन पुगेका छन् ।

उनलाई १९ औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गरेका छन् ।

प्रधानमन्त्री दाहाल भ्रमणको पहिलो दिन आज हाङजाउमा हुने १९ औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुने छन् । आजै उनले हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर