पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना

पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना
नेपालआईज
१३ असोज २०८० ९:२२

नेपाल । बुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् ।

आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका केसी प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका हुन् ।

एसएसपी कुमुद ढुंगेलले ‘स्वास्थ्यमा समस्या’ देखिएपछि केसीलाई अस्पताल भर्ना गरिएको हो । उनका अनुसार आज (शनिबार) बिदा भएकाले आइतबार जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने छ ।

आपराधिक विश्वासघात गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । अनमोल शुक्रबार भक्तपुर र काभ्रेको सिमानास्थित साँगाबाट पक्राउ परेका हुन् ।

रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएर नखेलेपछि फिल्म निर्माण युनिटले उनीविरुद्ध उजुरी गरेको थियो । केसीले फिल्म खेल्न आनाकानी गर्दा आफ्नो करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ ।

अनमोललाई सुरुमा टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिए पनि पछि अस्पताल पठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर