पर्थको “हार्मोनी कप २०२४” अप्रिल ७ सम्म चल्ने

पर्थको   “हार्मोनी कप २०२४”  अप्रिल ७ सम्म चल्ने
नेपालआईज
१५ चैत २०८० ११:१८

 
पर्थ । गैर  आवासीय नेपाली सङ्घ पश्चिम अस्ट्रेलियाको आयोजना र स्टेनली कलेजको प्रस्तुतिमा  “हार्मोनी कप २०२४” पर्थमा  भइरहेको छ । मार्च २  शनिवारबाट सुरु भएको हार्मोनी कप २०२४  खेलकुद प्रतियोगिता अप्रिल ७,   पाँच  हप्ता  सम्म  चल्नेछ ।   प्रतिभाको खोज एवं अवसरको भेला , सामुदायिक स्वास्थ्य र खेलकुदको कुम्भ मेला भन्ने नाराका साथ पर्थमा  खेल भइरहेको हो ।

 उक्त प्रतियोगितामा   फुटबल, क्रिकेट, भलिबल, टेबल टेनिस, , ब्याडमिन्टन, लन टेनिस , दौड, पौडी, र चेस सहित नौ वटा खेलहरू समावेश गरिएका छन् । उक्त प्रतियोगितामा धेरै भन्दा धेरै खेलाडीहरू सामेल गराउन  खेल लाई वर्गीकरण गरी पुरुष, महिला, बच्चा र भेटेरान गरी विभिन्न चरणमा प्रतिस्पर्धा गराइएको छ । यस प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न विधामा नेपाली व्यवसायीहरूले प्रायोजन   गरेका छन् ।  सम्पूर्ण खेलहरू पर्थ सहरको नजिकैका सबर्बहरुमा हरेक शनिवार र आइतबार चलिरहेका छन् भने खेल प्रेमी दर्शक हरुले उक्त प्रतियोगिताहरू निःशुल्क हेर्न  सक्ने छन् । उक्त प्रतियोगिताको खेल तालिका, स्थान र समय NRNA Western Australia को फेसबुक पेजमा गएर हेर्न  सकिने छ  ।

२०१७ देखि पर्थमा दीपक शर्माको संयोजकत्वमा NRNA WA को टिमले सुरुवात  गरेको  उक्त हार्मोनी कप को निरन्तरता यसपालि शेखर घिमिरेको संयोजकत्वमा सम्पन्न हुदैछ । खेल  समापनपछि २७ अप्रिल २०२४ शनिवार बेलुका मिल्लस पार्क सेन्टरमा रात्रि भोज को आयोजना गरी पुरस्कार वितरण गर्ने हार्मोनि कपका संयोजक बासु सापकोटाले जानकारी  दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर