पक्राउ परे रवि !

पक्राउ परे रवि !
नेपालआईज
२ कार्तिक २०८१ १८:३०


नेपाल – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेका छन् । प्रहरीले अदालतको पक्राउ पूर्जी लिएर उनलाई शुक्रवार साँझ काठमाडौ पार्टी कार्यालयबाट पक्राउ गरेको हो।

सहकारी ठगी सम्बन्धि संसदीय छानविन समितिले लामिछाने सहकारी ठगीमा दोषि देखिएको प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो। पक्राउ पछि उनलाई पोखरा लगिएको छ। स्थल मार्गबाट कास्की लैजाने क्रममा पार्टी समर्थकले  ठाँउ ठाँउमा प्रदर्शन गरेका थिए।

लामिछाने विरुद्ध सहकारी ठगी र संगठीत अपराधको मुद्दा चल्ने प्रहरीले जनाएको छ। पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन सम्बन्धमा अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर