इरान-इजरायल तनाव चुलियो : ट्रम्पले बताए अमेरिकाले इरानको आणविक केन्द्रमा बमबारी गर्यो

इरान-इजरायल तनाव चुलियो : ट्रम्पले बताए अमेरिकाले इरानको आणविक केन्द्रमा बमबारी गर्यो
BBC
८ असार २०८२ ०:४१

BBC | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानको Fordo आणविक केन्द्रसहितका स्थलहरूमा बमबारी गरिसकेको दाबी गरेका छन्। यसअघि अमेरिका इरानमाथिको आक्रमणका लागि गुआम टापुमा B-2 स्टेल्थ बमवर्षक विमान पठाएको रिपोर्ट सार्वजनिक भएको थियो, जुन Fordo जस्तो उच्च-सुरक्षित आणविक केन्द्र ध्वस्त पार्न सक्षम एकमात्र विमान हो।

इजरायल–इरानबीचको युद्ध झन् उग्र बन्दै गएको छ। रातभर इजरायलले “हतियार गोदाम” र “सैन्य संरचना” माथि आक्रमण गरेको जनाएको छ। इजरायली सेनाले ७ अक्टोबरको आक्रमण योजनामा संलग्न भनिएका तीन वरिष्ठ इरानी सैन्य अधिकारीहरूलाई मारिएको दाबी गरेको छ। मारिएकामध्ये एक सइद इजादी पनि रहेका छन्।

इरानको इस्फहानस्थित आणविक संयन्त्रमा क्षति पुगेको पुष्टि BBC Verify ले गरेको छ, जहाँ केही भवनहरूमा नयाँ क्षतिको प्रमाण फेला परेको छ।

इजरायली आक्रमणमा इरानमा ४०० जनाभन्दा बढीको मृत्यु, ३,०५६ जना घाइते भएको इरानी अधिकारीहरूको भनाइ छ। उता इरानी प्रहारमा इजरायलमा २५ जनाको मृत्यु२,५१७ जना घाइते भएको इजरायली स्रोतले जनाएको छ।

युद्ध चर्किंदै जाँदा, इरानका विदेशमन्त्रीले “अमेरिकी हस्तक्षेप निकै खतरनाक” हुने चेतावनी दिएका छन्। उनले टर्कीको इस्तानबुलमा राष्ट्रपति एर्दोगानसँग भेट गर्दै यस्तो टिप्पणी गरेका हुन्।

स्थिति भयावह बन्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले तुरुन्त संयमता र कूटनीतिक समाधानको आग्रह गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर