अष्ट्रेलियाका पहाडमा हिउँ

सिड्नीदेखि तास्मानियासम्म सेतो स्वर्ग! भिक्टोरियाका पहाडमा हिउँको जादु, स्की लभरहरूको घुइँचो! (फोटो फिचर)

सिड्नीदेखि तास्मानियासम्म सेतो स्वर्ग! भिक्टोरियाका पहाडमा हिउँको जादु, स्की लभरहरूको घुइँचो! (फोटो फिचर)
छत्र शंकर 
११ असार २०८२ ११:१६

 

 मेलबर्न ।  अष्ट्रेलियाको दक्षिण पूर्वी भूभागमा यतिबेला हिउँले ढपक्कै ढाकेको छ ।  शक्तिशाली शीतलहर र धपक्क परेको हिउँले भिक्टोरिया, न्यू साउथ वेल्स, तास्मानिया र एसीटीका पहाडी क्षेत्र सेताम्मे देखिन्छन्। मौसम विभागले यसलाई पोलर ब्लास्ट नाम दिएको छ , जुन न केवल हिमपातको कारण बन्यो, तर चिसो हावाले तापक्रमभन्दा ३–७ डिग्री कम महसुस गराइरहेको छ।

हिउँको सेतो क्यानभास

माउन्ट हथम, फाल्स क्रिक, माउन्ट बुलर, माउन्ट विलियमदेखि माउन्ट म्यासेडनसम्म हिउँको बाक्लो थुप्रो परेको छ। फाल्स क्रिकमा ३७ सेमि र माउन्ट हथममा २८ सेमिसम्म हिउँ खसेको छ। यो वर्षको स्की सिजनको सबभन्दा राम्रो सुरुवात हो ।  यता तास्मानियाका पहाडहरु पनि सेताम्मे भएका छन् । माउन्ट विलिङ्कटन क्रेडल माउन्टेनमा पनि हिँउ परिरहेको छ । 

सावधानी पनि उत्तिकै जरुरी

भिक्टोरिया प्रहरीले हिउँमा यात्रा गर्नेहरूसँग चेन लिएर हिँड्न, गति घटाएर चलाउन र आवश्यक परे विश्राम गर्न सुझाव दिएको छ। १०० किमि प्रतिघण्टा लेखिएको छ भनेर त्यसै अनुसार हिँड्नुपर्छ भन्ने होइन सडकको अवस्था हेरेर मात्र ड्राइभ गर्न प्रहरीले सुझाव दिएको छ । 

कहाँ जान सकिन्छ?

Mount Buller स्नो मोबाइल र ‘Drovers Dream’ ले आकर्षण थप्दै

Falls Creek: स्की लिफ्ट खुला, स्कुल बिदामा रमाइलो ग्यारेन्टी!

Mount Hotham नयाँ हिमपातले पुरा क्षेत्र सेतो आवरणमा

किन जानुपर्छ?

यदि तपाईं प्रकृति प्रेमी हुनुहुन्छ, हिमपातमा रमाउन चाहनुहुन्छ वा सेतो हिमालको सेरोफेरोमा तस्बिर खिच्न मन छ भने अहिले नै उत्तम समय हो। क्यान्बेरा, ब्लु माउन्टेन्स, कोओमा, जिन्दाबाइन जस्ता स्थानमा पनि हिउँ परिरहेको छ।

हिउँपछि घाम!

शीतलहर केही दिनमै थामिने र उज्यालो घाम फर्किने अनुमान गरिएको छ, जसले हिमखेलको मजा झनै बढाउनेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर