अस्पतालको बेडमै नर्समाथि यौन दुर्व्यवहार! बिरामीको ‘घृणित’ कर्तुतमा अदालतको कडा टिप्पणी

अस्पतालको बेडमै नर्समाथि यौन  दुर्व्यवहार! बिरामीको ‘घृणित’ कर्तुतमा अदालतको कडा टिप्पणी
नेपालआईज
१४ असार २०८२ ११:४५

 

सनसाइन कोष्ट ।  अष्ट्रेलियाको एक अस्पतालमा विद्यार्थी नर्समाथि घृणास्पद यौन आक्रमण भएको घटना सार्वजनिक भएको छ। पूर्व ट्री-लपर (रूख काट्ने कामदार) रहेका एक विवाहित पुरुषले उपचारका क्रममा स्याहार गरिरहेकी नर्समाथि यौन दुर्व्यवहार गरेका थिए।

अदालतमा अभियोग पुष्टि भएपछि न्यायाधीशले उक्त व्यवहारलाई “reprehensible” अर्थात् अत्यन्त निन्दनीय र अक्षम्य भन्दै ती पुरुषलाई दोषी ठहर गरेका छन्। अदालतका अनुसार नर्स आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेकी थिइन्, तर ती बिरामीले आफ्नो स्थितिको दुरुपयोग गरी उनीमाथि दुर्व्यवहार गरेका हुन्।

स्वास्थ्यकर्मीमाथिको हिंसा गम्भीर विषय

यो घटनाले अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा नर्सहरूको कार्यस्थल सुरक्षा र मानसिक स्वास्थ्यको सवालमा गम्भीर प्रश्न उठाएको छ। स्वास्थ्यकर्मी संघ, महिला अधिकार समूह तथा जनस्वास्थ्य अभियन्ताहरूले दोषीलाई कडा सजाय दिनुका साथै यस्ता घटना दोहोरिन नदिन प्रभावकारी प्रणाली निर्माणको माग गरेका छन्।

अस्पताल प्रशासनले पीडित नर्सलाई मानसिक परामर्शसहित आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ। साथै, स्वतन्त्र छानबिन र अस्पतालभित्र कार्यस्थल दुर्व्यवहार विरुद्धको नीति बलियो पारिने बताइएको छ।

  यो पनि पढ्नुहोस ।  क्यानबेरामा होम केयर नर्सहरूलाई खुकुरी र बन्दुक देखाएर ज्यान मार्ने धम्की, नेपाली नर्सहरू पनि त्रसित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर