NRNA Australia Election 2025

भिक्टोरियामा महादेव धानुकको नेतृत्वमा यी उम्मेदवारहरूले निर्वाचन आयोगमा नाम दर्ता गराए।

भिक्टोरियामा महादेव धानुकको नेतृत्वमा यी उम्मेदवारहरूले निर्वाचन आयोगमा नाम दर्ता गराए।
नेपालआईज
२८ असार २०८२ १:१०

मेलबर्न ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी   चुनावका लागि  भिक्टोरियामा महादेव धानुकको नेतृत्वमा   पूरै प्यानलका उम्मेदवारहरुले  निर्वाचन आयोगमा  उम्मेदवारी दर्ता गएका छन् । 

धानुकको नेतृत्वमा राज्य संयोजक पदका लागि उम्मेदवारी दिंदै टिमले सचिव, कोषाध्यक्ष, सह सचिवदेखि युवातर्फ र नारी निकुञ्ज सम्मको समावेशी ढाँचामा पूरै प्यानल  एनआरएनए अष्ट्रेलियाको निर्वाचन आयोगलाई बुझाएको छ । उक्त टिममा राज्य उप–संयोजकका लागि ससिन्द्र गौतम केसी, सचिवमा राशी सिंह ठकुरी, कोषाध्यक्षमा सागर साही, सह सचिवमा मदन सुवेदी रहेका छन्।

त्यस्तै, राज्य सदस्यहरुमा प्रदीप मिश्र, सज्जन शर्मा,  हिक्मत राना मगर, सबिन श्रेष्ठ, रोहित बस्नेत, अशिल गौतम र त्रिवेन्द्र खत्री  र  प्रकाश अधिकारी रहेका छन् । 

नारी निकुञ्जतर्फ संयोजक बिना अधिकारीको नेतृत्वमा लालिशा थापा, रिजुपिया पौडेल, मीना मल्ल,  बिना महर्जन , रजनी श्रेष्ठ, साकु केसी सहितको टीम रहेको छ।

युवातर्फ गौरव सुनारको नेतृत्वमा बम बहादुर कुँवर, विवेक खत्री, जाङ्बु शेर्पा, आशिष गैरे, सुरेश सोटी र रविन्द्र रेग्मीको समावेश रहेको छ।

त्यस्तै एनसीसी  सदस्यका  उम्मेदवारमा एकराज बस्नेत, तारा गैरै र रमेश खड्का रहेका छन । 

यस टिमले भिक्टोरियाका नेपाली समुदायको समावेशी नेतृत्व, महिला र युवाको सहभागिता र संस्थागत सुधारका एजेण्डासहित चुनावी अभियान अगाडि बढाएको  संयोजक पदका उम्मेदवार धानुकले बताए । 

एनआरएनए  अष्ट्रेलियाको चुनाव  जुलाई २६ मा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर