काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार कार्कीको शपथग्रहण आज राति ९ बजे हुने तय भएको छ।
नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इतिहास रचेकी कार्कीले अब मुलुकलाई संवैधानिक निकास दिने जिम्मेवारी पाएकी छन्। राजनीतिक दलबीच सहमतिपछि बनेको अन्तरिम सरकारको नेतृत्व उनले सम्हाल्ने भएकी हुन्।