तीन मन्त्रीले लिए शपथ , कार्की सरकार औपचारिक रूपमा विस्तार

तीन मन्त्रीले लिए शपथ , कार्की सरकार औपचारिक रूपमा विस्तार
नेपालआईज
३० भदौ २०८२ ११:५४

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् सोमबार औपचारिक रूपमा विस्तार भएको छ। शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन नव नियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण गर्नेहरूमा रामेश्वर खनाल (अर्थमन्त्री), कुलमान घिसिङ (ऊर्जामन्त्री) र ओमप्रकाश अर्याल (गृह तथा कानुन मन्त्री) रहेका छन्।

समारोहमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि कार्यक्रममा सहभागी भएका थिए।

यससँगै कार्की नेतृत्वको अन्तरिम सरकारले प्रमुख मन्त्रालयहरूमा नयाँ नेतृत्व पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर