अस्ट्रेलियामा इन्धन आपूर्ति दबाब, सरकारद्वारा आपतकालीन योजना सक्रिय

अस्ट्रेलियामा इन्धन आपूर्ति दबाब, सरकारद्वारा आपतकालीन योजना सक्रिय
नेपालआईज
१७ चैत २०८२ १८:३९

मेलबर्न ।  अष्ट्रेलिया सरकारले देशभर इन्धन आपूर्ति चुनौती व्यवस्थापन गर्न “नेशनल फ्युल सेक्युरिटी प्लान” अन्तर्गत चरणबद्ध चार तहको रणनीति लागू गरेको जनाएको छ। हाल देश “लेभल २: ‘किप अष्ट्रेलिया मुभिङ’” अवस्थामा रहेको छ, जसले इन्धन आपूर्ति जारी रहे पनि प्रणालीमा दबाब रहेको संकेत गर्छ।

सरकारले तत्काल राहतका लागि विभिन्न कदम अघि सारेको छ। भण्डारणमा रहेको इन्धन बजारमा पठाउने, इन्धन आयात तथा स्थानीय उत्पादनलाई समर्थन गर्ने, र उपभोक्तालाई राहत दिन इन्धन कर (एक्साइज) आधा घटाउने निर्णय गरिएको छ।

यस्तै, आपूर्ति श्रृंखला सहज बनाउन भारी सवारी साधनका लागि लाग्ने रोड युजर चार्ज अस्थायी रूपमा हटाइएको छ। उपभोक्ताले उचित मूल्य पाएको सुनिश्चित गर्न प्रतिस्पर्धा नियामक निकाय ACCC लाई थप अनुगमन अधिकार र कडा कारबाहीको व्यवस्था गरिएको छ।

सरकारले यी कदमहरू आपूर्ति सुधार, लागत घटाउने र देशभर इन्धन पहुँच सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको जनाएको छ। साथै नागरिकलाई आवश्यक मात्र इन्धन खरिद गर्न र सकेसम्म खपत घटाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर