काठमाडौंको मेयरमा बालेनकै अग्रता

काठमाडौंको मेयरमा बालेनकै अग्रता
नेपालआईज
२ जेठ २०७९ ७:४५

काठमाडौं – काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार साहले ६ हजार ८९३ मत प्राप्त गरेका छन् । यस्तै अर्का प्रत्यासी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजा ६४४  मत प्राप्त गरेका छन् । गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले  ३ हजार २०८  मत प्राप्त गरेकी छन्  ।

यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोलले  ६ हजार १७३ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् । अर्का प्रत्यासी गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६९० प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ ।  जसमा १ र २ नम्बर वडाको मत गणना कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर