सिड्नीमा ‘लेजियोनेर’ रोगको संक्रमण, हालै सीबीडी भ्रमण गरेकाहरुलाई सचेत रहन आग्रह

सिड्नीमा ‘लेजियोनेर’ रोगको संक्रमण, हालै सीबीडी भ्रमण गरेकाहरुलाई सचेत रहन आग्रह
नेपालआईज
१३ जेठ २०७९ ६:३२

 

अस्ट्रेलिया । सिड्नीमा नयाँ रोग ‘लेजियोनेर’को संक्रमणका कारण पाँच जना अस्पताल भर्ना भएका छन् ।

सिड्नी सीबीडीमा दूषित ‘कूलिंग टावरहरू’ले हानिकारक संक्रमण फैलाएको स्वास्थ्य अधिकारीहरूले आशंका गर्दै  सचेत रहन आग्रह गरेका छन् ।

हालसालै सिड्नी महानगर (सीबीडी) भ्रमण गरेका मानिसहरूलाई निमोनियाका लक्षणहरूको निगरानी गर्न स्वास्थ्य अधिकारीले सुझाव दिएका हुन् ।

एनएसडब्लु हेल्थले ज्यानै जान सक्ने लेजियोनेर नामक रोग लागेपछि ५ जनालाई अस्पताल भर्ना गरिएको जनाएको छ । उक्त रोग लागे सामान्यतया ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने गर्दछ ।

अधिकारीहरुले विगत १० दिनमा सीबीडी भ्रमण गरेकाहरुलाई सचेत हुने आग्रह गरेका छन् किनभने विरामी परेका सबैले म्युजियम स्टेसन, योर्क स्ट्रिट र पार्क स्ट्रिट हुँदै उक्त स्थानको भ्रमण गरेका थिए ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीका संक्रामक रोगका चिकित्सक पिटर कोलिग्ननले यो रोग व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नसक्ने तर हावामा निस्किएको पानीको बाष्पको माध्यमबाट यो रोग सरेको बताए ।

लेजियोनेर रोग बारे थप जानकारी लिन यहाँ हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर