अस्ट्रेलिया । प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलियामा हुने ‘एनुअल चिफ्स अफ डिफेन्स कन्फ्रेन्स’मा सहभागी हुन अस्ट्रेलिया आउने भएका छन् । सो सम्मेलनमा इन्डो–प्यासिफिक क्षेत्रका सैनिक प्रमुखहरूको सहभागिता रहने छ ।
साउन नौ देखि ११ गते सम्म अस्ट्रेलियाको सिड्नीमा इण्डोप्यासिफिक क्षेत्रका सेनाहरूको वार्षिक सम्मेलन हुँदै छ । अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा सो सम्मेलन आयोजना गर्न लागेका हुन्।
सो सम्मेलनमा सहभागी हुन मन्त्रिपरिषद्ले गत साता शर्मालाई भ्रमणको अनुमति दिएको थियो । सेनापतिहरूको सम्मेलन साउन ११ गते सकिए पनि प्रधानसेनापति शर्मा भने साउन २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।