दक्षिण अफ्रिका । दूतावासले दक्षिण अफ्रिकाको जेलमा रहेका दुई नेपालीलाई रिहा गराएको छ । करिब १० महिनादेखि दक्षिण अफ्रिकाको बेताल जेलमा रहेका हिराबहादुर कुँवर शाही हिमाल सुनारलाई दूतावासको पहल र स्थानीय वकिलको निःशुल्क कानुनी सहयोगमा रिहा भएका उनीहरूलाई स्वदेश पठाइएको छ ।
कतार एयरवेजमार्फत् उनीहरूलाई स्वदेश पठाइएको दूतावासका काउन्सलर ज्ञानबहादुर मगरले जानकारी दिएका छन् ।