पाइलट बिरामी भएपछि काठमाडौँ–दुबई उडान ११ घण्टा ढिलो उड्यो

पाइलट बिरामी भएपछि काठमाडौँ–दुबई उडान ११ घण्टा ढिलो उड्यो
नेपालआईज
१९ चैत २०७९ ६:४१

नेपाल । पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान ११ घण्टा ढिलाे उडेको छ ।

शनिबार राति १२ बजेट उड्नुपर्ने नेपाल वायु सेवा निगमको आर ए २२९ उडान नम्बरको विमान आइतबार बिहान ११ बजे मात्र मात्र उडेको हो ।

यो उडानका लागि तोकिएका एक पाइलट बिरामी भएको र विकल्पमा अर्को पाइलटसमेत उपलब्ध नहुँदा उडान ११ घण्टासम्म ढिलाे हुन पुगेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी गराउनुभयो । वाइडबडी यो विमानबाट २ सय ६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए ।

उनीहरूलाई राति विभिन्न होटेलमा राखेर बिहान विमानस्थल पुर्‍याइएको थियो । काठमाडौँ–दुबई–काठमाडौँको उडान रद्द हुँदा दुवैतर्फ करिब ५ सय ४३ यात्रु जना अलपत्र परेका थिए । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा निगमकै खर्चमा होटलमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर