Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
दुबईस्थित एक आवासीय भवनमा आगलागी, १६ जनाको मृत्यु, ४ भारतीय कामदारको ज्यान गयो
नेपालआईज
३ वैशाख २०८० ७:३९
एजेन्सी । यूएईको दुबईमा एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा अन्य नौ जना घाइते भएका छन् । सहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तल्लामा आगलागी भएको हो ।
निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागीबाट जनधनको क्षति भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्स मध्येको एक हो । यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगलागीमा ज्यान गुमाएका तथा घाइते भएकाको राष्ट्रियता भने खुलाइएको छैन ।
सन् २०१७ देखि दुबईका अधिकारीहरूले आगोको जोखिम कम गर्न भवन नियममा कठोर प्रावधानको व्यवस्था घोषणा गरेका छन् । मुख्यतया भवनको बाहिरी आवरणमा प्रयोग हुने ज्वलनशील सामग्रीहरूलाई लिएर कडा नियम ल्याइएको हो ।
दुबईमा ठूलो संख्यामा नेपाली कामदारहरु रहेका छन् । पछिल्लो रिपोर्ट अनुशार उक्त आगलागीमा चार जना भारतीय र तीन जना पाकिस्तानी कामदारले ज्यान गुमाएका छन् । अहिले सम्म नेपाली कामदार आगलागीमा परे नपरेको खुलेको छैन् ।