सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ४० वर्षीय अस्ट्रेलियन नागरिकको निधन

सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ४० वर्षीय अस्ट्रेलियन नागरिकको निधन
नेपालआईज
९ जेठ २०८० ४:५०

नेपाल । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ४० वर्षीय अस्ट्रेलियन नागरिकको निधन भएको छ । पर्थमा बस्दै आएका साउथ अस्ट्रेलियन नागरिक जासोन केनिसोनको गत शुक्रबार आरोहणका क्रममा मृत्यु भएको हो ।

जासोनका बुवा जोक केनिसोनले आफ्ना छोराको मृत्यु भएको जानकारी गराएका हुन् । सगरमाथा आरोहणको तयारीका लागि जासोन ६ हप्ताअघि नै नेपाल पुगेका थिए । जासोनकी बहिनी मिसेल ग्राहमले जनाएअनुसार जासोनले सगरमाथाको आरोहण गरिसकेपछि उनको मृत्यु भएको हो । उनले जासोन आफ्नो लक्ष्य पूरा गर्ने खालका व्यक्ति रहेको बताइन् ।

जासोनले स्पाइनल कोर्ड इन्जुरीबाट गुज्रिरहेकाहरुको लागि रकम संकलन गर्ने उदेश्यले सगरमाथाको आरोहण गरेका थिए । जासोन आफै २३ वर्षको हुँदा एक गाडी दुर्घटनामा परेका थिए जसका कारण गम्भिर घाइते भएका थिए । जासोनले उक्त दुर्घटनापछि आफू ‘डिप्रेस्ड’ भएको बताएका थिए ।

जस्ट गिभिङ पेजमा उनले आफूलाई निको हुन निक्कै समय लागेको र यसका कारण वर्षौसम्म मानसिक समस्यासँग जुध्नुपरेको उल्लेख गरेका थिए । तर जासोनले आफूले शारीरिक तथा मानसिक रुपमा राम्रो हुँदै गएको समेत उल्लेख गरेका थिए । त्यसपछि उनी काममा फर्किए साथै कीर्गिस्तानमा कामका लागि गए ।

यसैवीच क्याबेरा स्थित नेपाली राजदूत कैलाशराज पोखरेलले निधन भएका अस्ट्रेलियन नागरिक जेसन केनिसन प्रति दुःख व्यक्त गर्दै केनिसनका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर