अफगानिस्तानमा शक्तिशाली भूकम्प, दुई हजारभन्दा बढीको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, दुई हजारभन्दा बढीको मृत्यु
नेपालआईज
२१ असोज २०८० ६:१७

अफगानिस्तान । अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । शनिबार राति हेरात सहरबाट करिब ४० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ६.३ रेक्टर मापन गरिएको छ । स्थानीय समयअनुसार राति ११ बजे भूकम्प गएको र त्यसपछि पनि दर्जनौँ पराकम्पन गएका थिए । एक जना तालिबानी प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था एपीले शनिबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ।

अहिले पनि कैयौँ मानिस भत्किएका घरमा च्यापिएका छन् । उनीहरूको उद्धारको प्रयास भइरहेको छ। भूकम्पमा परी मृत्यु भएकाहरूको शव संकलन गरी अस्पताल, सैनिक शिविरमा राखिएको हेरातको स्वास्थ्य विभागका अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर