पर्थ – एक भूटानी नागरिकलाई अष्ट्रेलियाको पर्थबाट १८ मार्चमा देश निकाला गरिएको छ।
एक भूटानी पत्रिकाले अष्ट्रेलियास्थित भूटानी दूतावाससँग यस विषयमा सोधपुछ गरेको थियो।
दूतावासले भन्यो, “हामीलाई १८ मार्च २०२५ मा पर्थबाट एक भूटानी नागरिकलाई स्वेच्छिक सुरक्षात्मक निष्कासन गरिएको जानकारी प्राप्त भएको हो,” सो पत्रिकाले उल्लेख गरेको छ। “यो जानकारी प्राप्त भएपछि, सम्बन्धित अष्ट्रेलियन अधिकारीहरूलाई सो व्यक्तिको निष्कासनको कारणसहित थप विवरणका लागि अनुरोध गरिएको छ। तर अहिलेसम्म उनीहरूबाट कुनै जवाफ प्राप्त भएको छैन। त्यसैले अहिले थप केही भन्न सक्दैनौं।”
अनौपचारिक स्रोतहरूका अनुसार ती भूटानी नागरिकले कुनै आपराधिक गतिविधिमा संलग्न भएको आरोप छ, जसका कारण उनको भिसा रद्द गरी देश निकाला गरिएको जनाइएको छ।
केही दिन अघि अमेरिकाले १० जना भुटानी शरणार्थीलाई देश निकाला गरेको थियो ।