एक अमेरिकी–नेपालीद्वारा बिमानै महिलासँग दुर्व्यवहार, अस्ट्रेलियामा मुद्दा दायर

एक अमेरिकी–नेपालीद्वारा बिमानै महिलासँग दुर्व्यवहार,  अस्ट्रेलियामा मुद्दा दायर
नेपालआईज
२५ चैत २०८१ ४:३२

एक अमेरिकी–नेपाली ६७ वर्षीय एक पुरुषमाथि अन्तर्राष्ट्रिय उडानका क्रममा एक महिलासँग अश्लील दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर गरिएको छ।

अस्ट्रेलियन संघीय प्रहरी (AFP) का अनुसार ती पुरुषले आफू चिनेको नभएकी महिलाप्रति अशोभनीय व्यवहार गरेका थिए। यो घटना अमेरिकाको लस एन्जलसबाट सिड्नी आउँदै गरेको विमानमा भएको बताइएको छ। पीडित महिलाले विमानका कर्मचारीहरूलाई घटनाबारे जानकारी गराएकी थिइन्, जसपछि AFP मा रिपोर्ट गरिएको थियो।

विमान सिड्नी विमानस्थलमा अवतरण गरेपछि प्रहरी अधिकारीहरूले यात्रुहरू र एयरलाइनका कर्मचारीहरूसँग सोधपुछ गरेका थिए।

प्रहरीले अनावश्यक वा अस्वीकार्य शारीरिक सम्पर्कको शिकार भएका जो–कोहीलाई सुरक्षित रूपमा, सकेसम्म चाँडो, एयरलाइनका कर्मचारी, AFP वा विमानस्थल सुरक्षालाई जानकारी दिन आग्रह गरेका छन्।

यदि तपाईंलाई विमानस्थलमा तत्काल प्रहरी सहायता आवश्यक छ वा कुनै घटना रिपोर्ट गर्न चाहनुहुन्छ भने AFP को एयरपोर्ट वाच नम्बर १३१ AFP (१३१ २३७) मा सम्पर्क गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर