७ हजार नाघ्यो सदस्य संख्या, एनआरएनए अष्ट्रेलियामा चुनावी माहोल तात्यो!

७ हजार नाघ्यो सदस्य संख्या, एनआरएनए अष्ट्रेलियामा चुनावी माहोल तात्यो!
नेपालआईज
२८ जेठ २०८२ १०:४५

भिक्टोरिया, गैर आवसीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले १० जुन २०२५ साँझ ८ बजे सार्वजनिक गरेको ताजा विवरणअनुसार हालसम्म संघको कुल सम्भावित सदस्य संख्या ७ हजार ६ सय ९० पुगेको छ।

एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकालका लागि हालसम्म ५,००८ जनाको सदस्यता स्वीकृत भएको छ भने १,८२४ जनाको आवेदन प्रक्रियामा रहेको छ। यस्तै ५० प्रतिशत सम्भावित ड्राफ्ट सदस्यतालाई समेट्दा कुल ८५८ सदस्य थपिएर कुल सम्भावित सदस्य संख्या ७,६९० पुगेको संघले जनाएको छ।

सबैभन्दा धेरै सदस्यता पश्चिम अष्ट्रेलिया

राज्यगत रूपमा हेर्दा पश्चिम अष्ट्रेलिया १,७५८ सदस्यसहित सबैभन्दा अगाडि देखिएको छ। यसपछि न्यू साउथ वेल्स (१,१६०), क्वीन्सल्याण्ड (१,०९८), भिक्टोरिया (८५५), दक्षिण अष्ट्रेलिया (६६८), अष्ट्रेलियन क्यापिटल टेरिटोरी (४९०),तास्मानिया (४२०) र नर्दन टेरिटोरी (३८३) रहेका छन्।

सदस्यता आवेदनको अन्तिम म्याद नजिकिँदै

संघले यसअघि नै सदस्यता आवेदन वा नवीकरणको अन्तिम म्याद १५ जुन २०२५ राति ११:५९ बजे तोकेको छ। एनआरएनए अष्ट्रेलियाको निर्वाचन प्रक्रियामा सहभागी हुन इच्छुक सबै नेपालीलाई संघले समयमै सदस्यता सुनिश्चित गर्न अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर