NRNA Australia Election 2025

भ्रममा नपरी प्रक्रिया पालना गर्न प्रमुख निर्वाचन आयुक्त ढकालको अनुरोध !

भ्रममा नपरी प्रक्रिया पालना गर्न प्रमुख  निर्वाचन आयुक्त ढकालको अनुरोध !
नेपालआईज
२६ असार २०८२ ११:३८

मेलबर्नगैर–आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचन जुलाई २६ मा हुने तय भइसकेको छ। सदस्यता विवाद र एकता महाधिवेशनको बहसबीच प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन्।

“निर्वाचन प्रक्रिया यथावत् छ। कुनै असर पर्नेछैन,” भन्दै उनले हाल भइरहेको अन्योल र भ्रमप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपाली समुदायलाई “कुनै भ्रममा नपर्न” आग्रह गरे। उनले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई विवेकशील र जिम्मेवार भन्दै निर्वाचनलाई सहयोग पुर्‍याउन अनुरोध समेत गरे।

‘आइसीसीको विवाद एनसीसीमा नतानौं’

ढकालले महेश श्रेष्ठ समूहले उठाइरहेको एकता महाधिवेशनको प्रस्तावबारे प्रश्न उठाउँदै भने, “हामी एनसीसीको निर्वाचन गरिरहेका हौं, आइसीसीको होइन।” आइसीसीको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै उनले अदालतको निर्णय नै अन्तिम हुने र सबैले सम्मान गर्नुपर्ने बताए। आइसीसीको विवाद ल्याएर घर भाड्ने काम नगरौं ढकालले भने । 

मिडियाको भूमिकामाथि टिप्पणी

विभिन्न मिडियामा आएको श्रेष्ठ समूह पक्षका समाचारबारे टिप्पणी गर्दै ढकालले भने, “हामी पहिले गैरआवासीय नेपाली हौं, त्यसपछि मात्र व्यवसाय वा पेशा आउँछ।” उनले समाजमा भ्रम फैलाउने सामग्रीप्रति असहमति जनाउँदै मिडियालाई जिम्मेवार बन्न आग्रह गरे।

पुराना अभियन्ता र समुदायलाई आग्रह

“ढकालले सबै पुराना अभियन्ता, सदस्य तथा समुदायलाई निर्वाचन प्रक्रियामा सहयोग गर्न आह्वान गर्दै निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने विश्वास व्यक्त गरे। साथै, मतदान प्रक्रियामा सहभागी हुन सम्पूर्ण मतदाताहरूलाई अनुरोध गरे।”

यसैवीच  महेश श्रेष्ठ समूहले अष्ट्रेलियामा  विवेक थापालाई   एकता महाधिवेशन संयोजनको  जिम्मा दिएको दावी गरिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर