NRNA Australia Election 2025

भिक्टोरियामा महादेव प्यानलकै भिक्टोरी !

भिक्टोरियामा महादेव प्यानलकै भिक्टोरी !
नेपालआईज
१२ साउन २०८२ १:१७

मेलबर्न — अष्ट्रेलियाको दोस्रो ठूलो राज्य भिक्टोरियामा गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा महादेव धानुक नेतृत्वको प्यानलले राज्य संयोजकसहित सम्पूर्ण पदमा विजय हासिल गरेको छ।

उप–संयोजकमा ससिन्द्र गौतम केसी, सचिवमा राशी सिंह ठकुरी, कोषाध्यक्षमा सागर साही, सह-सचिवमा मदन सुवेदी निर्वाचित भएका छन्।

राज्य सदस्यका रूपमा प्रदीप मिश्र, सज्जन शर्मा, हिक्मत राना मगर, सबिन श्रेष्ठ, रोहित बस्नेत, अशिल गौतम, त्रिवेन्द्र खत्री र प्रकाश अधिकारी निर्वाचित भएका छन्।

नारी निकुञ्जतर्फ संयोजक बिना अधिकारीको नेतृत्वमा ललिशा थापा, रिजुपिया पौडेल, मीना मल्ल, बिना महर्जन, रजनी श्रेष्ठ र साकु केसी सम्मिलित टोली विजयी भएको छ।

त्यसैगरी, युवातर्फ गौरव सुनारको नेतृत्वमा बम बहादुर कुँवर, विवेक खत्री, जाङ्बु शेर्पा, आशिष गैरे, सुरेश सोटी र रविन्द्र रेग्मी रहेका छन्।

एनसीसी सदस्यतर्फ एकराज बस्नेत, तारा गैरै र रमेश खड्का विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर