मेलबर्न । अस्ट्रेलियाको केन्द्रीय बैङ्क को बोर्डले २५ बेसिस प्वाइन्टले ब्याजदर कटौती गरेको छ, जसले गृह ऋण लिनेहरूलाई ठुलो राहत दिएको छ। यो कदम जुलाई महिनामा गरिएको अप्रत्याशित “अन् होल्ड” निर्णयपछि आएको हो।
यस कटौतीसँगै आधिकारिक क्यास रेट अब ३.६ प्रतिशतमा झरेको छ, जुन यसअघि ३.८५ प्रतिशत थियो। ब्याजदर घटेसँगै अस्ट्रेलियाका ठुला बैङ्कहरूले पनि आफ्ना ऋण दर घटाउने घोषणा गर्दैछन्। रिजर्भ बैङ्ककी गभर्नर मिशेल बुलकले पत्रकार सम्मेलनमार्फत यस निर्णयको कारणबारे बताउँदै आगामी आर्थिक दृष्टिकोण साझा गरेकी छन्।