जेनजी आन्दोलन

अष्ट्रेलियाले नेपाल सरकारलाई भन्यो – शान्तिपूर्ण समाधान खोज्नु

अष्ट्रेलियाले  नेपाल सरकारलाई भन्यो – शान्तिपूर्ण समाधान खोज्नु
नेपालआईज
२३ भदौ २०८२ २२:२७

काठमाडौं । नेपालमा जारी जेनजी आन्दोलनप्रति अष्ट्रेलियाले चिन्ता व्यक्त गर्दै सरकारलाई शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ। नेपालस्थित अष्ट्रेलियाली दूतावाससहित विभिन्न देशका दूतावासहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनामा ज्यान गुमाउने अवस्था सिर्जना भएकोप्रति दुःख प्रकट गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “हामी पीडित परिवारजन र प्रभावित व्यक्तिहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”

अष्ट्रेलियासहितका मुलुकहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा समर्थन गर्दै नेपाल सरकारलाई अधिकतम संयमता अपनाउन र आन्दोलनलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न जोड दिएका छन्।

नेपालमा जारी जेनजी आन्दोलनमा देखिएको सरकारी दमनप्रति अष्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले संयुक्त विज्ञप्ति जारी गरी गहिरो चिन्ता व्यक्त गरेका छन्।  जेनजी आन्दोनमा अहिले सम्म १९ जनाको ज्यान गएको छ भने सयौ घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर