‘च्याङ्गन नेपाल’ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचार सामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ। कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाईट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्महरु मार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ। ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलहरु मार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ प्राप्त गर्न सक्नेछन्।
अटोमोबाईल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘च्याङ्गन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा नामको रुपमा चिनिन्छ। विगत १५८ वर्षमा कम्पनीले Enduring Safety (‘स्थायी सुरक्षा’) को नाराका साथ निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाईल ब्रान्डको रुपमा स्थापित गरेको छ ।
उत्पादनहरुको डिजाईन र प्रयोग गरिएको प्रविधि हेर्दा एक श्रेष्ठ, नवीनतम र भविष्यमुखी उत्पादन हो भन्ने दर्शाउँछ। विश्वका विभिन्न सातवटा स्थानमा अवस्थित खोज तथा अनुसन्धान केन्द्रहरु, तीन वटा विकास केन्द्रहरु, तथा अठार भन्दा धेरै मुलुकका विज्ञहरु अनुसन्धान र उत्पादन विकासमा संलग्न भएको तथ्यबाटै च्याङ्गन एक उत्कृष्ट अटोमोबाईल निर्माता कम्पनी हो भन्ने पुष्टी हुन्छ ।