सिड्नी ।
सिड्नीको बरुड स्थित एड्भान्स कलेजले “इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१ “ प्राप्त गरेको छ ।
शिक्षाा क्षेत्रमा सेवा दिदै आएका ६२ वटा शिक्षाा प्रदायक संघसस्ठाहरुलाइ पछि पार्दे एड्भान्सले अवार्ड प्राप्त गरेको हो । यो कलेज विगत आठ बर्षदेखि एज्ड् केयर तथा डिस्याविलिटी कोर्षको तालिम दिदै आएको छ ।
कलेजलाई गत नोभेम्बर १६ तारिखमा एक समारोहका वीच न्यु साउथ वेल्स राज्यका स्थानीय प्रनिनिधि तथा विभिन्न सरोकारवाल संघसस्थाको उपस्थितिमा अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड प्राप्त पछि कलेजकी सिइयो पुष्पा अर्याल घिमिरेले भनिन्, ‘ कलेजमा कार्यरत कर्मचारी व्यवस्थापन तथा नेपाली समुदायको सहयोगले अवार्ड प्राप्त भएको हो ।’ यो अवार्ड प्राप्तिले हामीलाई थप जिम्मेवार र बनाएको त्यसैले हामी गुणस्तरीय शिक्षााका लागि तपाईहरुको सेवामा सक्रिय रहने छौ पुष्पाले भनेकी छन् ।
विगत आठ बर्षदेखि संचालित उक्त कलेजबाट तालिम लिएर धेरै नेपालीहरुले एज्ड् केयर तथा डिस्याविलिटी क्षेत्रमा रोजगारी पाएका छन् ।