तास्मानियाको टिएनसीए टी–ट्वान्टी लिगको उपाधि गोर्खा लेजेन्ड्सलाई

तास्मानियाको टिएनसीए टी–ट्वान्टी लिगको उपाधि गोर्खा लेजेन्ड्सलाई
नेपालआईज
२२ वैशाख २०७९ ७:४३

तास्मानिया । गत हप्ता तास्मानियामा सम्पन्न भएको अस्ट्रे्लियाको तास्मानियास्थित टिएनसीए टी–ट्वान्टी लिग २०२२ को उपाधि गोर्खा लेजेन्ड्सले हात पारेको छ । तास्मानिया नेप्लिज क्रिकेट एशोसिएनले तास्मानियाको इतिहासमा पहिलोपल्ट आयोजना गरेको क्रिकेट लिग अन्तर्गत एक्स्पर्ट क्रिकेट क्लबलाई फाइनलमा हराउँदै लेजेन्ड्सले उपाधि आफ्नो हातमा पारेको हो । विजेता टिमले २,००० अस्ट्रेलियन डलर क्याश प्राप्त गर्यो भने फस्ट रनर अपले १,००० अस्ट्रेलियन डलर उपहारस्वरुप जित्यो ।

गत अप्रिल २३ देखि सुरु भएको लिग खेलमा तास्मानियाका विभिन्न शहरहरुबाट जम्मा ६ टिम सहभागी भएका थिए । उक्त खेलमा लन्चेस्टन नेपाली क्रिकेट क्लब, नयाँ क्रिकेट क्लब, काठमाडौं वारियर्स, गोर्खा लेजेन्ड्स, एक्सपर्ट क्रिकेट क्लब र यति क्रिकेट क्लबले सहभागिता जनाएका थिए । टुर्नामेन्ट अवधिभर बलिङ्ग र ब्याटिङ्ग दुबै तर्फ उत्कृष्ट प्रदर्शन गरेका एक्स्पर्टका भगेश गोयलले म्यान अफ द टुर्नामेन्ट र बेस्ट बलर अफ द टुर्नामेन्टको अवार्ड पाए भने गोर्खा लेजेन्ड्सका किरण पाण्डेले बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्टको उपाधि पाए ।

सन् २०१९ मा टिएनसिएको सुरुवातसँगै तास्मानियामा जम्मा ६ क्रिकेट क्लबहरु टिएनसिए अन्तर्गत दर्ता भएको र हाल उक्त संख्या ८ पुगेको संस्थाकी अध्यक्ष पुनम पन्तले बताइन । ‘हामी सबै फेमिली जस्तै भएर बसेका छौं,’ उनले भनिन् । त्यति मात्र होइन, पन्तका अनुसार यसपटक सम्पूर्ण खेलाडीहरुको वीमा समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको