तास्मानिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनलाई लिएर आलोचना चुलिँदै गएको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तास्मानियाका संयोजक रवि सिंह विष्टले कडा प्रतिक्रिया दिएका छन्।
विष्टलाई नेपाल आइजले सोधेको थियो । के तपाँइहरुको समर्थन कसलाई रहन्छ एनआरएनए अष्ट्रेलियाको चुनावमा ? उनले भनेका छन्, “सर, यो एनआरएनएको चुनाव होइन, यो त राजनीतिक पार्टीको चुनाव जस्तो भयो। यसरी गैरराजनीतिक संस्थालाई पूर्ण रूपमा राजनीतिकरण गर्दा यसको गरिमा नै खस्किएको छ।”
उनले एनआरएनएलाई सुधार र पुनर्विचार गर्नुपर्ने बेला आएको स्पष्ट संकेत गर्दै भने, “अब एनआरएनएको संरचना र उद्देश्यमाथि गहिरो पुनरावलोकन गर्नुपर्छ।”
विष्टले आफूप्रति देखाइएको नैतिक समर्थनबाहेक आफू कुनै चुनावी पक्षमा नरहेको पनि स्पष्ट पारे। तास्मानियामा सन्तोष कुँवरको टिमले उम्मेदवारी दर्ता गराइसकेको छ ।