सुपर होम लोन स्किम स्थगितः लेवरको ‘हेल्प टु बाय’ नयाँ योजना

सुपर होम लोन स्किम स्थगितः लेवरको ‘हेल्प टु बाय’ नयाँ योजना
नेपालआईज
१२ जेठ २०७९ ३:५५

क्यानबेरा । लेवरसँग गठबन्धनले संघीय चुनाव हारेपछि स्कट मरिसनको सुपर होम लोन स्किम आधिकारिक रूपमा स्थगित भएको छ । 

मरिसनको योजनाले पहिलो घर खरिदकर्ताहरूलाई आफ्नो सेवानिवृत्तिको ४० प्रतिशत अर्थात ५० हजार डलरसम्म पहुँचको अनुमति दिने रहेको थियो ।

तर संघीय चुनावमा एन्थनी अल्बानिजको ऐतिहासिक जितपछि उनको सरकारले पहिलो घर खरीदकर्ताहरूलाई आवास बजारमा प्रवेशका लागि मद्दत गर्न योजना ल्याएको छ । 

लेवरको हेल्प टु बाय (खरिदका लागि सहायता) योजना

लेवरको हेल्प टु बाय योजनाले घर किन्ने लागतमा ४० प्रतिशतसम्म घटाएर अष्ट्रेलियनहरूलाई छिट्टै आवास बजारमा पुग्न मद्दत गर्ने योजना बनाएको छ ।

योग्य घर खरिदकर्ताहरूले नयाँ घरको खरिद मूल्यको कम्तिमा २ प्रतिशत जम्मा गर्नुपर्नेछ भने सघीय सरकारले अधिकतम ४० प्रतिशत इक्विटी र बनिसकेको घरका लागि अधिकतम ३० प्रतिशतसम्म इक्विटी योगदान गर्नेछ । यस्तो योजना वेस्टर्न अस्ट्रेलिया र भिक्टोरियामा सफल भएका छन् । घर खरिदकर्ताहरूले संघीय सरकारले राखेको घरको हिस्सेदारीमा भने भाडा तिर्नु पर्नेछैन् ।

तर यदि खरिदकर्ताको आम्दानी लगातार दुई वर्ष वार्षिक आय थ्रेसहोल्ड हेल्प ट् बाय योजना अनुसार नाघेमा उनीहरुको परिस्थितिले अनुमति दिए सरकारको आर्थिक योगदान आंशिक वा पूरै तिर्नु पर्ने हुन्छ । 

घर खरिदकर्ताहरूले धितो बीमा तिर्नु पर्ने आवश्यकतालाई अस्विकार गरि ३० हजार डलरसम्म बचत गर्न सक्नेछन् । ऋण अवधिमा घर खरिदकर्ताले आफू सक्षम रहे घरमा थप हिस्सेदारी किन्न सक्नेछन् । उनीहरुले ५ प्रतिशतसम्म इक्विटी लिन सक्छन् । हेल्प टु बाय योजना प्रत्येक वर्ष १० हजार अस्ट्रेलियनका लागि खोलिनेछ । 

लेवरको ‘हेल्प टु बाय पाउने योग्यता

• कम्तीमा १८ वर्ष उमेर पुगेको अष्ट्रेलियन नागरिक 

• एकजनाको आम्दानी वार्षिक ९० हजार वा त्यो भन्दा कम अथवा जोडीहरूका लागि १ लाख २० हजार वा कम वार्षिक आम्दानी 

• खरित गरेको घर मुख्य निवास स्थानको रूपमा हुनुपर्ने 

• अस्ट्रेलियामा वा विदेशमा कुनै पनि अन्य जग्गा वा सम्पत्तिको स्वामित्व नरहेको 

• घरको मूल्यको आवश्यक न्यूनतम २ प्रतिशत निक्षेप बचत गरेको छ र एक सहभागी ऋणदातासँग स्ट्यान्डर घर ऋण मार्फत खरिदको बाँकी रकमका लागि योग्य 

• टिकट शुल्क, कानूनी र बैंक शुल्क जस्ता कुनै पनि सम्बन्धित खरिद लागतहरूको लागि तिर्न सक्षम 

घर खरीदकर्ताहरू चलिरहेको सम्पत्ति लागतहरू जस्तै दर, स्तर र अन्य कुनै पनि बिलहरूको लागि जिम्मेवार हुनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको