अस्ट्रेलिया निवासी काठमाडौँका राजु मानन्धरको नेपाल भाषा संरक्षणमा सांगीतिक आरोह 

अस्ट्रेलिया निवासी काठमाडौँका राजु मानन्धरको नेपाल भाषा संरक्षणमा सांगीतिक आरोह 
नेपालआईज
३१ जेठ २०७९ ११:३९

छत्र शंकर ।

अस्ट्रेलिया भित्र नेपाली जनको एउटा विशाल नेपाल छ । काँकडभित्तादेखि कर्णाली सम्मका नेपालीहरू कंगारुको देश अस्ट्रेलियामा छन् । यहाँ नेपालका सबै भाषा भाषीहरुको संस्कार र  सभ्यता देख्न पाइन्छ । नेपाली कला र साँस्कृति  अस्ट्रेलियाको पुरानो नेपाली  समाजले जोगाइ राखेको छ ।  नेपालका हरेक चाड पर्वहरू यहाँ मनाइन्छ । अझ नेपालको प्राचीन इतिहास नेवारी  संस्कृतिको  प्रस्तुति बिना अस्ट्रेलियाका साँस्कृति कार्यक्रमहरू अधुरा साबित हुन्छ ।  त्यसैले  नेवा: संस्कृतिको  प्रवर्द्धन तथा संरक्षणका लागि गुठी अस्ट्रेलियामा सक्रिय छ । 

आफ्नो भाषा र संस्कृति जोगाउन  सङ्गठित संस्था मात्र हैन  व्यक्तिहरू  सक्रिय छन् । जसको एक उदाहरणीय  पात्र हुन्ने, नेपाल भाषालाई साहित्य र सङ्गीतको माध्यमबाट संरक्षणमा जुटेका  अस्ट्रेलिया निवासी कामाडौंका राजु मानन्धर !  

मानन्धरको  साहित्य यात्रा 

अस्ट्रेलिया आएको झन्डै दश वर्षपछि  मानन्धरले  ‘छन्त नापलाय सातकि’ भन्ने म्युजिक भिडियोका लागि छ वटा गीतहरू मातृ भाषा, नेपाल भाषामा लेखे ।

उनी भन्छन्, ‘ म नेपाल भाषा लगायत अङ्ग्रेजी र नेपाली भाषामा गीत कवितहरु लेख्दै आएको छु । अस्ट्रेलिया आइसकेपछि उनको लेखन झन् खारिँदै  र निरन्तरता पाउँदै गयो । 

बिहान सबेर देखि राति अबेरसम्म   अध्ययन अध्यापनमै बित्छ ।   तै पनि उनी आफ्नो भाषा संरक्षणमा थाकेका छैनन् ।  अस्ट्रेलियाको बढ्दो नेपाली समाजमा उनले  मातृ भाषाको महत्त्वको अझ बुझे, त्यसैले आफ्ना कृतिहरू नेपाल भाषामै लेख्न सुरु गरे । अङ्ग्रेजी भाषामा  दखल भएका मानन्धरले विभिन्न अङ्ग्रेजी पुस्तकहरूलाई पनि नेपाल भाषामा उल्था गरेर आफ्नो समुदाय सम्म पुर्‍याए ।  उनी भन्छन्,  ‘मेरो साहित्य लेखन निरन्तर छ , ‘  म लेखन प्रति कहिल्यै पनि विचलित हुनु परेन ।’

ललित कला क्याम्पसका पूर्व प्रमुख समेत रहेका  मानन्धर  अस्ट्रेलियामा अध्यापन क्षेत्रमा सक्रिय  छन् । उनको पढाइ र लेखाई  प्रतिको मोह हेर्ने हो भने लोभलाग्दो छ ।

हामी जब प्रवासमा हुन्छौ, हाम्रो मातृभाषाको सौन्दर्य हामी अझ बढी महसुस  गर्दछौ   उनले भने, ‘ यही परिवेशमा प्रवासमा पनि आफ्नो मातृभाषालाई जगेर्ना र संवर्द्धन गर्न नेपाल भाषाको विकास र विस्तारको लागि अस्ट्रेलियामा नेपाल भाषा नेवा: साहित्य र संस्कृतिको संरक्षण र उत्थान गर्न गठित गुठी अस्ट्रेलिया र नेपाल भाषाको पहिलो पाठशाला योमरी नेपाल भाषा सायङ्चुअरि सँग  विभिन्न भूमिकामा रही काम गर्दै आएको छु ।’

पछिल्लो समय  मानन्धरले लेखेको   ‘छन्त नापलाय सातकि’ ( तिमीलाई भेट्ना साथ)  भन्ने गीत सामाजिक सञ्जालमा निकै  चर्चामा छ । उक्त  सङ्गीत संयोजक जुगल डङ्गोलले गरेका छन् ।   मानन्धरले  भन्छन् , ‘  यो गीत  गीतहरूबाट पाएको प्रेरणादायी र सकारात्मक प्रतिक्रियाहरूबाट हौसिएर सबै गीतहरूलाई म्युजिक  भिडियो  बनाएर दुई महिना अघि कठमाडौंमा एक विशेष कार्यक्रमका बिच जनकवि दुर्गालाल श्रेष्ठले सार्वजनिक गर्नुभएको थियो । 

यो एल्बमले अत्यन्त उत्साहजनक मिडिया कभरेज पाउनुका साथै नेपाल भाषा प्रेमी श्रोता र दर्शकलाई धेरै मन पराइदिनुभएको छ ।’   अङ्ग्रेजी सब टाई टिल भएको कारणले  अन्य भासाभासीहरूका दर्शकहरूले पनि म्युजिक भिडियो मन पराउनु भएको छ । यो म्युजिक भिडियो गणेश देवी फाउन्डेसनले बनाएको हो मानन्धरले भने ।

त्यति मात्र हैन ,  सज्जु मानन्धर र निशा देशार   ‘खनागु जिं छन्त गन ?’ नेपाल भाषाको गीत  पनि अहिले युट  निकै चर्चामा छन । जुन गीतको रचनाकार पनि  राजु मानन्धर नै हुन् ।  नेपाल भाषामा ‘खनागु जिं छन्त गन ?’ को अर्थ देखेको मैले तिमीलाई कहाँ ? भन्ने हुन्छ

। नेपाल भाषा कलाकारिता क्षेत्रका चर्चित कलाकार योगेन महर्जन र आराध्य लक्ष्मी खड्गीको अभिनय रहेको म्युजिक भिडियोलाई वरिष्ठ म्युजिक भिडियो डाइरेक्टर सुरोज महर्जनले निर्देशन गरेका छन् । भिडियोको लागि सोहन मानन्धरको छायाङ्कन र सम्पादन रहेको छ । म्युजिक भिडियोका कलाकारहरूलाई सनम कुमार श्रेष्ठ र पूजा शाहीले शृङ्गार गरेका हुन् । सङ्गीत संयोजन जुगल डङ्गोलको रहेको छ ।

भाषाका बिज्र मानन्धर ! 

 

अस्ट्रेलिया बसोबासकै सिलसिलामा सन २०१६/०१७ तिर उनले अस्ट्रेलिया बस्दै आएका प्रसिद्ध नेपाली साहित्यकार ‘केदार पोख्रेल द्वारा लिखित  उपन्यास  ‘चेप्टो भँगालो’  र ‘दलितको झुपडी’  लघु कथासंग्रह  लाई अङ्ग्रेजी भाषामा अनुवाद गरे । जुन २०१७ मा विमोचन गरिएको थियो । उनी गीत मात्र लेख्दैनन् गीतमा सङ्गीत पनि भर्छन् । उनले अङ्ग्रेजी गीतहरूमा स्वर भरेका  छन्  ।

अङ्ग्रेजी साहित्यको विद्यार्थी भएकोले होला त्यस वेला अङ्ग्रेजी गीत कविताहरू कोर्ने गर्थै । उनले तिनीहरूलाई नेपाली र नेपाल भाषामा अनुवाद गरे । उनी भन्छन् , ‘ मेरो पहिलो कविता सङ्ग्रह ‘Harassment And Other Poems’  वि.सं २०४७ सालमा प्रकाशित भएको थियो ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर