गोली लागेका जापानका पूर्व प्रधानमन्त्रीआबेको निधन,असल मित्र गुमायौं-अस्ट्रेलिया

गोली लागेका जापानका पूर्व प्रधानमन्त्रीआबेको निधन,असल मित्र गुमायौं-अस्ट्रेलिया
नेपालआईज
२४ असार २०७९ ९:५९

पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबे जापानको नारामा शुक्रबार चुनावी भाषणको क्रममा गोली प्रहार गरी गम्भीर घाइते भएका थिए। उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । तर, उनको उपचारको क्रममा निधन भएको छ ।

विश्वको सबैभन्दा सुरक्षित र कहीँ कतै बन्दुक नियन्त्रणको कडा कानुन भएको देशमा चकित पार्ने हमलाको घटनास्थलमा प्रहरीले संदिग्ध बन्दुकधारीलाई पक्राउ गर्‍यो।

प्रधानमन्त्री फुमियो किशिदाले गोली प्रहारबाट भएको आबेको निधनले जापानको प्रजातन्त्रको जग हल्लिएको बताएका छन् ।

किशिदा र उनका क्याबिनेट मन्त्रीहरू गोली हानाहान पछि देशभरका अन्य प्रचार कार्यक्रमहरूबाट टोकियो फर्किए थिए ।

जापानको संसदको माथिल्लो सदनका लागि आइतबार निर्वाचन हुँदैछ।

एक महान सहयोगी भित्र गुमायौं-अस्ट्रेलिया

अस्ट्रेलियाका प्रधानन्त्री एन्थोनी अल्बानीले जापानका पूर्वप्रधानमन्त्री आबेको दुखद निधनले स्तब्ध र दुखित भएको छ बताएका छन्। ‘उहाँ अष्ट्रेलियाका लागि एक महान मित्र र सहयोगी हुनुहुन्थ्यो। उहाँको परिवार र जापानका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर