गायन र कमेडीको सँगालोसहित अस्ट्रेलियामा सुरु भयो ‘धमाका २०७९’

नेपालआईज
८ साउन २०७९ २३:४०

तास्मानिया । नेपालका चर्चित कलाकारहरुको प्रस्तुतीको सँगालोसहित अस्ट्रेलियाका सात वटै शहरमा ‘धमाका २०७९’ सुरु भएको छ । ‘धमाका २०७९’ मा नेपालका चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हाँस्य कलाकारद्वय सुवोध गौतम र दीपक आचार्य काकु लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको छ ।
केबिसि अस्ट्रेलियाको आयोजनामा धामाकाको पहिलो कार्यक्रमअनुसार गत शुक्रबार पर्थमा र दोश्रो आइतबार तास्मानियाको लञ्चेस्टनमा कार्यक्रमहरु सम्पन्न भइसकेका छन् भने आगामी दिनहरुमा अन्य राज्यमा पनि कार्यक्रम हुँदैछन् ।
यही ३० जुलाईमा ब्रिसबेनमा धमाकाको तेश्रो कार्यक्रम हुनेछ भने अगस्ट १ मा मेल्बर्न, अगस्ट ५ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा कलाकारहरुको प्रस्तुती हुने आयोजकले जनाएको छ । त्यस्तै, अगस्ट ६ मा अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा कार्यक्रमको आयोजना गरिएको छ भने अगस्ट ८ मा एडिलेडमा अन्तिम कार्यक्रमसहित धमाका २०७९ को समापन हुनेछ ।
उक्त कार्यक्रमहरुमा तीजका भाका, नेपाली मौलिक लोकदोहोरी गुञ्जनुका साथै चर्चित हाँस्य कलाकारको कमेडीले स्थानीयहरुलाई मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको