होबार्टमा ‘प्रकाश सपुत लाइभ इन फन्डरेजिङ’ कार्यक्रम अगस्ट २३ मा , उठेको रकम दुर्गमका विद्यालयलाई प्रदान गरिने

होबार्टमा ‘प्रकाश सपुत लाइभ इन फन्डरेजिङ’ कार्यक्रम अगस्ट २३ मा , उठेको रकम  दुर्गमका  विद्यालयलाई प्रदान  गरिने
नेपालआईज
२८ साउन २०७९ ८:०१

होबार्ट  । नेपाली समाज तास्मानियाले अगस्ट २३ तारिखमा होबार्टको मुनाह कला केन्द्रमा प्रकाश सपुत लाइभ इन होबार्ट फन्डरेजिङ कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रकाश सपुत लाइभ इन फन्डरेजिङ कार्यक्रमबाट उठेको रकम नेपालको कुनै एक दुर्गम क्षेत्रका विद्यालयका बालबालिकाहरुको स्टेशनरी र पोसाकको लागि उपलब्ध गराउने समाजका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए ।  

प्रकाश सपुत लाइभ इन फन्डरेजिङ कार्यक्रम मात्र नभई नेपाली लोक सङ्गीतलाई प्रवर्द्धनका लागि गरिएको सांस्कृतिक कार्यक्रम पनि हो । संस्थाका महासचिव तथा कोष संकलनकर्ता अस्मिन घिमिरेले भने, ‘हामीले यो कार्यक्रमबाट कम्तीमा ३ हजार डलर उठाउने योजना बनाएका छौँ ।कार्यक्रममा सहभागी भई मातृभूमिमा समाज सेवा गर्ने हाम्रो प्रयासमा सहयोग गर्न  तास्मानियाबासी सबैमा  आग्रह गर्दछु ।’  

प्रकाश सपुत लाइभ इन फन्डरेजिङ कार्यक्रममा सहभागी हुन् यो लिङ्कमा गएर २० डलरको टिकट लिन सक्नुहुन्छ । अथवा ०१४०४९५४४६५ मा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।

गत  बर्षपनि  संस्थाले  दुर्गम क्षेत्रका विद्यार्थीहरूको सहयोगार्थ फन्डरेजिङ कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको