पर्थमा नोभेम्बर २६ मा हुने नेपाल महोत्सवको तयारी तीब्र

पर्थमा नोभेम्बर २६ मा हुने नेपाल  महोत्सवको तयारी तीब्र
नेपालआईज
२४ असोज २०७९ १९:२७

छत्र शंकर

अस्ट्रेलियाको पश्चिमी शहर पर्थमा यही नोभेम्बर २६ तारिखमा हुने नेपाल फेस्टिभलको तयारी तीव्र बनाइएको छ । फेस्टिभल सफल बनाउन स्थानीय सङ्घ संस्था क्लब तथा  नेपाली व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

 आफ्नै सहरमा फेस्टिभल आयोजना हुने भएपछि फेस्टिभललाई  स्थानीय व्यायवासीयहरुले सहयोग गर्ने क्रम जारी छ । त्यसै गरी महोत्सवको  मुख्य टाइटल स्पन्सरमा एभरेस्ट ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसेज  रहेको छ भने  पावर्ड वाइमा  इन्स्टिच्युट अफ हेल्थ एन्ड नर्सिङ अस्ट्रेलिया रहेको छ । 

प्लेटिनम स्पन्सरहरुमा हिमालयन नेप्लिज रेस्टुरेन्ट एन्ड , स्टान्ली कलेज, ग्रेस इन्टरनेसनल, बालपृत सिंह बाल तथा लोन मार्केट र  ड्रिमल्यान्ड माइग्रेसन सर्भिसेज रहेका छन् । साथै गोल्ड स्पन्सरमा अल्टिच्यूड केयर, निट अस्ट्रेलिया, किंगस्टोन कलेज, एभरेस्ट फाइनान्स, एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज तथा इनोभेटिभ एसोसियट्स रहेका छन् । यसका साथै  महोत्सवलाइ सफल बनाउन विभिन्न   सहयगोगीहरु पनि रहेको आयोजकले जनाएको छ । 


 ‘विगतका महोत्सव भन्दा हामीले केही फरक बनाउन खोजेका छौ । पर्थको नेपाल महोत्सवमा तपाँइहरुले नमुना सगरमाथा देखि  नमूना धरहरा  समेत  देख्न पाउनु हुने छ । यो महोत्सव हामी नेपालीहरूका लागि त गर्वको विषय हुने नै भयो तर अस्ट्रेलियनहरूलाई पनि नेपालको बारेमा चिनाउन हामीले विगतको भन्दा केही फरक ढंगले  मनाउँछौँ । हाम्रो महोत्सवमा बहुसास्कृतिक समुदायका केही सांस्कृतिक झलकहरू पनि देख्न पाउनु हुने छ,’ गैर आवासीय नेपाली सङ्घ वेस्टर्न अस्ट्रेलियाका संयोजक दीपक बस्नेतले भने ।

महोत्सवमा स्थानीय सरकाका उच्च पदाधारीहरु पनि आउने भएका छन् भने स्थानीय सरकारले पनि आर्थिक सहयोग गर्ने भएको छ । महोत्सवलाइ लोट्रीवेस्ट र  रोड सेप्टी कमिसनले आर्थीक सहयोग  गरेको छ  भने सिटी अफ पर्थ र   राज्यको बहसास्कृतिक मन्त्रालयले पनि  महोत्सवलाइ  आर्थिक सहयोग गर्ने भएको छ ।   महोत्सव  फरेस्ट चेजमा ११ बजेबाट कलश यात्रा  गरी शुरु हुने छ भने  महोत्सवमा १० हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर