एजेन्सी । सियोलमा रहेको अष्ट्रेलियाली दूतावासले भनेको छ कि यो शहरमा भीडमा किचिएर एक अष्ट्रेलियालीको पनि मृत्यु भएको छ जसमा १५१ जना व्यक्तिको मृत्यु भएको थियो ।
अष्ट्रेलियामा रहेका व्यक्तिको परिवारलाई कन्सुलर अधिकारीहरूले सहयोग गरिरहेको परराष्ट्र विभागले जनाएको छ । कन्सुलर अधिकारीहरूले कार्यक्रममा उपस्थित अन्य अष्ट्रेलियालीहरूलाई पनि सहयोग गरिरहेका छन् । सियोलमा एक अष्ट्रेलियाली व्यक्तिले आफ्नो साथीको भीडमा किचिएर मृत्यु भएको बताए । उनले अर्का एक अस्ट्रेलियाली सघन उपचारमा रहेको र अर्का द्धैत नागरिककाे अवस्था स्थिर रहेको बताए ।
इटावन जिल्लामा रहेको मनोरञ्जनात्मक कार्यक्रममा ८२ जना व्यक्तिहरु घाइते भएका छन् ।
अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्, प्रत्यक्षदर्शीहरूले घटनालाई “युद्ध जस्तो” भनेर वर्णन गरेका छन् । यो विश्वास गरिएको छ कि सियोलको एक प्रमुख पार्टी स्थल ह्यामिल्टन होटल नजिकैको साँघुरो गल्लीमा ठूलो भीडले अगाडि धकेल्न थालेपछि मानिसहरू किचिएर मारिएका थिए ।
घटना स्थानीय समय अनुसार राति १०ः२० बजे भएको थियो ।
स्थानीय मिडियाले भनेका छन् कि लगभग १००,००० मानिसहरू हेलोवीन मनाउन इटावन सडकहरूमा आएका थिए, जुन महामारीको सुरुवात पछिको सबैभन्दा ठूलो जमघट र तीन वर्षमा पहिलो हेलोवीन कार्यक्रम हो ।