होबार्ट । अस्ट्रेलियामा क्रियाशील पत्रकाहरुको संस्था नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा)को पाँच तारिखमा हुने दोस्रो महाधिवेशनका लागि अस्ट्रेलियाभरका पत्रकारहरू होबार्ट जम्मा हुने भएका छन् । एन्जाले आगामी शनिवार अधिवेशन गरी नयाँ नेतृत्व चुन्दै छ ।
होबार्टको भाइभस् होटेलमा ५ नोभेम्बरमा अधिवेशनले चार तारिख शुक्रवार द चोकमा रात्रि भोजको आयोजना गरिएको छ । रात्रीभोजका लागि तास्मानियाका सामाजिक संस्थाका प्रतिनिधि तथा अन्य राज्यबाट आएका समाजसेवी देखि लिएर स्थानीय सरकारका प्रतिनिधि तथा सांसदहरू सहभागिता रहने आयोजकले जनाएको छ ।
अधिवेशनका लागि उपाध्यक्ष निरू त्रिपाठी, महासचिव चिरञ्जीवी देवकोटा, सचिव सरल गुरुङ्, सदस्य नारायण खड्का बिहीबार नै तास्मानिया पुगिसकेका छन् भने संरक्षक हेमन्त काफ्ले, अध्यक्ष ऋषि आचार्य, कोषाध्यक्ष कृष्ण तिवारी , सदस्य प्रकाशन हुँमागाई लगायतका पत्रकारहरू शुक्रवार साँझ होवार्ट पुग्नेछन् ।