अस्ट्रेलियाकी सर्वाधिक धनी महिलाले आफ्ना रोए हिल्ल कम्पनीका १० कर्मचारीलाई क्रिसमस बोनस भन्दै जनही १ लाख डलर प्रदान गर्ने घोषणा गरेकी छन् । गिना रिनेहार्टले कुनै खास कर्मचारी छनोट नगरी १० जनालाई जनही १ लाख डलर प्रदान गर्ने घोषणा गरेकी हुन् । पर्थको माइनिङ व्यवसायमा लागेकी रिनेहार्टले गत हप्ता कर्मचारीहरूलाई महत्त्वपूर्ण घोषणाका लागि पर्खन अनुरोध गरेकी थिइन् । टोपीमा कर्मचारीको नामको चिट्ठामध्ये १० जनालाई उक्त रकम बोनसको रूपमा दिने घोषणा गरिन् । बोनस पाउनेमध्ये एक जनाले केवल तीन महिना अघि मात्र उक्त कम्पनीमा काम थालेका थिए । ३२.६ बिलियन डलर सम्पत्ति भएकी रिने हार्ट अस्ट्रेलियाकी सर्वाधिक धनी व्यक्तिमा पर्छिन्
एजेन्सीको सहयोगमा