नेपाल । पोखरामा दुर्घटनाग्रस्त विमान एक जना अस्ट्रेलियन यात्रु पनि रहेको पुष्टि भएको छ । आइतबार बिहान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त विमान सवार ७२ जनामध्ये एक जना अस्ट्रेलियन नागरिक भिक्टोरिया अल्टुनिया रहेको पुष्टि भएको हो ।
विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य सवार थिए । यात्रुमध्ये १५ विदेशी नागरिक छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार ४ रुसी, ५ भारतीय, २ कोरियाली, १ फ्रेन्च, १ आइरिस, १ अस्ट्रेलियन र १ अर्जेन्टिनी नागरिक रहेका थिए ।
बाँकी ५३ जना नेपाली यात्रु रहेका थिए । यति एयरलाइन्सको विमान आइतबार बिहान दुर्घटना भएको थियो ।