अस्ट्रेलिया । ट्युनिसियाकी ओन्स जाबेउर ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको दोश्रो चरणमा प्रवेश गरेकी छन् । मेलबर्नस्थित रोड लभेर एरिनामा भएको खेलमा जाबेउरले स्लोभानियाकी टामेरा जिदान्स्कलाई २–१ को सेटमा पराजित गरेकी हुन् ।
विश्व वरियताको दोस्रो स्थानमा रहेकी जाबेउरले वरियताको ८८ औँ स्थानमा रहेकी जिदान्स्कविरुद्ध ७–६ (१०–८), ४–६, ६–१ को जित निकाल्न सफल भइन् ।
२८ वर्षीय जाबेउरले सन् २०१४ देखि अस्ट्रेलियन ओपनमा सहभागिता जनाउँदै आएकी छन् । गत वर्ष भने सहभागिता जनाउन नपाएकी उनले विम्बल्डन र यूएस ओपनको फाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।