दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा सुरक्षा गार्डका रूपमा कार्यरत एक नेपाली नागरिकको हत्या भएको छ । जोहानेसवर्ग केटी वास प्राइभेट लिमिटेडमा कार्यरत दाङका ओमबहादुर चन्दको गोली हानेर हत्या गरिएको हो ।
गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । चन्द आफू कार्यरत कम्पनीबाट दुई लाख अफ्रिकी रकम रयाण्ड झोलामा लिएर अर्को कम्पनीको भवनमा गइरहेका बेला आपराधिक गिरोहले गोली प्रहार गरेको थियो ।
चन्दको शव हाल जोहानेसवर्गस्थित अस्पतालमा राखिएको छ । आपराधिक गिरोहको आक्रमणमा परी नेपाली कामदार चन्दको मृत्यु भएकोमा नेपाली दूतावास प्रिटोरियाले दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।