अस्ट्रेलिया । आर्यना साबालेन्काले अस्ट्रेलियन ओपन ग्राण्डस्लाम उपाधि जितेकी छन् ।
मेलवर्नमा शनिबार भएकाे फाइनलमा खेलमा एलेना राइबाकिनामाथि पुरागमन जित निकाल्दै बेलारुसकी साबालेन्काले ग्राण्डस्लाम उपाधि जितेकी हुन् ।
साबालेन्काको यो पहिलो ग्राण्डस्लाम उपाधि हो । पहिलाे सेट राइबाकिनाले ६-४ ले अग्रता लिएकी थिइन् । तर, साबालेन्काले त्यसपछिका दुई सेट ६-३, ६-४ ले आफ्नाे पक्षमा पारिन् ।
२४ वर्षीया साबालेन्का विश्वको पाँचाैँ नम्बरकी टेनिस खेलाडी हुन् । रुस युक्रेन युद्धमा बेलारुसले रुसलाई समर्थन गरेको कारण साबालेन्का तटस्थ झण्डामुनि खेल्दै थिइन् ।