एजेन्सी । यूएईको अबुधाबीमा भएको चिट्ठा योजनामा एक नेपाली युवाले करिब ८२ करोड रुपैयाँ जितेका छन् । कतारमा कार्यरत नेपाली युवा रञ्जितकुमार पालले २ करोड ३० लाख दिराम अर्थात् करिब ८२ करोड नेपाली रुपैयाँ जितेका हुन् ।
अबुधाबीमा आयोजित बिग टिकट राफल ड्रको सिरिज २४८ मा लक्कीमार्फत् उनले यो रकम जितेका हुन् । पाल सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका छन् । उनले जनवरी १६ मा टिकट खरिद गरेका थिए ।
पालले १५ महिनादेखि बिग टिकटहरू खरिद गर्दै आएका थिए । चिट्ठाअन्तर्गत दोश्रो पुरस्कार नगद र ड्रिम कार भारतीय नागरिक विजेश विश्वनाथले १ मिलियन दिराम, तेश्रो हुने शिबु म्याथ्युले १ लाख दिराम र तेश्रो हुने अजित रामचन्द्र कैमलले ५० हजार दिराम जितेका छन् ।
बिग टिकट आबुधावीअन्तर्गत फ्रेबुअरी ३ मा लक्की राफल ड्र खोलिएको थियो । रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका छन् ।